काठमाडौं । एक स्थानीय तहमा ५२० मिटर सडक खनेर भ्रष्टाचार गरेको पाइएको छ । कालीकोटको महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह र वडा अध्यक्षसहित ९ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
तर, फिल्डमा सडकको वास्तविक लम्बाई ५२० मिटर, चौडाइ औषत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण १६९.८० घनमिटर मात्र देखिएको अख्तियारको निष्कर्ष छ । यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको अठतीस लाख छयहत्तर हजार दुई सय सत्तरी रुपैयाँ बढी भुक्तानी गरी आफूहरूलाई गैरकानूनी लाभ र गाउँपालिकालाई हानि पुर्याई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले आरोपपत्र दायर गरिएको अख्तियारको भनाइ छ ।
कोसँग कति बिगो दाबी ?



















