सिद्धार्थ बैंकले जित्याे ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि

28

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । वैशाख ९ देखि १२ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो ।

बुधवार वीरगन्ज स्थित हाम्रो फुटसल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६–० गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो । विजेता टिमलाई वीरगन्ज उप–महानगरपालिकाका मेयर राजेश मान सिंहले ट्रफी हस्तान्तरण गरे ।

फाइनल खेलमा ४ गोल गर्दै म्यान अफ द म्याच सिद्धार्थ बैंकका सुदिप ताम्राकार भएका थिए । साथै, उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका प्रज्वल जंग कार्की उत्कृष्ट गोलरक्षक र सिद्धार्थ बैंककै पुष्प दनुवार सर्वोकृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here