काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन् ।
कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आशंकामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
मन्त्रालयले ४ जनाको सिम्बोल नम्बरसहित छानबिन गरिदिन भन्दै १२ वैशाखमा सचिवस्तरीय निर्णयबाट गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
त्यसरी परीक्षा दिएकामध्ये दुई जना महतका आफन्त समेत रहेका छन् । पक्राउ परेका महतलाई अहिले प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको छ । यसमा अन्य व्यक्तिको संलग्नताबारे समेत छानबिन भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
१४ वैशाखमा सुरु भएको कक्षा १२ को परीक्षा २६ वैशाखसम्म चल्नेछ ।

















