काठमाडौं । हल्ट प्राइज आईओईको फाइनल आगामी शनिबार पक्का हुने भएकाे छ । फाइनल कार्यक्रम बज्र टेक्नोलोजिज, नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक लिमिटेड, इम्प्याक्ट हब नेपाल, भर्टेक्स नेपाल, र दराजसँग हुनेछ ।
कार्यक्रममा अनिल केशरी शाह, आकाश खड्का, समीर श्रेष्ठ, संजोग कोइराला, सनुप पौडेल, ऋचा शर्मा र ओसिस थापाको व्यापक उपस्थिति रहनेछ भने अनुकार महर्जन, डेगेन्द्र सिवाकोटी, नवरूप सहदेव, आँचल कुँवर, सोनिका मानन्धर,आरती गुरुङ मल्ल र डा. सूर्यराज आचार्य निर्णायक रहनेछन् ।
क्याम्पस अन्तर्गत कार्यक्रमका विजेताहरूले १८ हजार को पुरस्कार कोष पाउनेछन् र १ पासवर्डबाट एक वर्षको निःशुल्क खाता प्राप्त गर्नेछन् । फेब्रुअरी १५ मा, दराजले समग्र क्याम्पस अन्तर्गत शीर्ष विजेता टोलीको लागि अन-साइट सत्रको आयोजना गर्नेछ । समग्रमा क्याम्पस अन्तर्गत सबै विजेता टोलीका प्रत्येक सदस्यले ५०० दराज भाउचर प्राप्त गर्छन् ।
अन्य पुरस्कारहरू क्लर्की, डिजिटल ओशन, र टास्केडबाटपनि उपलब्ध रहनेछन् । चार उद्यमशील वक्ता शृङ्खला, दुई वर्कसप, दुई मेन्टरशिप सत्र, र सेमिफाइनल पछि क्याम्पस आ.इ.ओ.इ हल्ट प्राइज कार्यक्रम भव्य फाइनलमा पुग्न लागेको छ ।

















