मध्यपुर थिमीमा बस दुर्घटना

30

मध्यपुर थिमी । आज बिहान करिब ९ः३० बजेतिर मध्यपुर थिमि  निकोसेरा वडा नं. ९ मा बस दुर्घटना भएकाे छ ।

मध्यपुर थिमी भई काठमाडौं गइरहेकाे सार्वजनिक बस नं. बा. २. ख १७९३ को  बिजुलीको पोलमा ठक्कर दिदा दुर्घटना भएकाे हाे ।

मध्यपुर थिमी नगरपालिका ९ निकोसेरा भक्तपुर राधे राधे क्षेत्रको भित्र २० मिटर बाटो  (यातायात व्यवस्था बिभागको लिखित परीक्षा दिन जाने) २० फिटको बाटोमा भएकाे  दुर्घटना मानबिय क्षति कुनै नभएपनि  केवलकाे पाेलमा क्षति भएकाे छ ।

प्रत्यक्षदर्शी निकोसेराका स्थानीय बासिन्दा निशुल प्रजापतिले  यो दुर्घटनाको मुख्य कारण लचकिएको केवल तारकाे अव्यवस्थित भएकाले पाेलमा ठक्कर खाएर दुर्घटना भएकाे दुर्घटना भएको जनाए ।

उनका अनुसार बेलैमा स्थानीय निकायले बेलैमा ध्यान दिएर यस्ता दुर्घटना हुन नदिने तर्फ सचेत हुनु पर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here