इलाम २ मा नेकपा एमालेकाे अग्रता कायमै

39

इलाम । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कासँगको मतान्तर बढाउँदै लगेका छन्।

हालसम्मको मतगणनामा सुहाङले ३ हजार २४९ मत पाएका छन् भने खड्काले २ हजार ४६९ मत पाएका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७०३ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार मिलन लिम्बुले ४३४ मत प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here