काठमाडाैं । भजन शिरोमणि भक्तराज आचार्यलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले बुधबार एक कार्यक्रमका बीच आचार्यलाई उक्त सम्मान तीन लाख नगद सहित प्रदान गरेको हो ।
‘जीवन भनुँ त घात छ ।’, ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ…’, ‘जति चोट दिन्छौ देऊ मायालु.’, ‘सबै बेहोसी नशा पिएर.’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई..’ ‘भुल्नै सकिन त्यो क्षण मिलनको.’ ‘जहाँ छन् बुद्धका आँखा..’ लगायत सयौँ गीत हिट छन् ।
गीतकार, गायक तथा संगीतकार समेत रहेका आचार्यले भजन ,आधुनिक, गजल, राष्ट्रिय गीतका अलवा फिल्मको पार्श्व गायन समेत गरेका छन् । उनको स्वर रहेको भजन ‘तन मन वचनले प्रभु नाम गाऊँ’, ‘एक दिन मैले प्रभुसँग सोधेँ’ लगायत चर्चित छन् ।


















