बाढिपिडीतलाई उचित राहतको व्यवस्था गर्न विप्लव नेकपाको माग

65

काठमाडाैं । विप्लव नेकपाले बाढी, पहिरो र डुबानमा परेर मृत्यु भएका परिवार परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । सो पार्टीले बाढी र पहिरोमा परेर घाइते भएकाहरुको निशुल्क उपचार गर्न समेत माग गरेका छन् ।

जारी विज्ञप्तिमा  – ‘मृतकका परिवारहरुलाई उचित राहतको व्यवस्था, घाइतेहरुको निशुल्क र प्रभावकारी उपचार, बेपत्ता नागरिकहरुको तीव्रतामा खोजी र जोखिमको आतंकमा बसेका बस्तीहरुको सुरक्षित पुनर्वासको व्यवस्था गर्न नेपाल सरकारसँग हाम्रो पार्टी विशेष माग गर्दछ ।’ सो पार्टीले प्रभावित जनताको उद्धार र राहतको कार्यमा संलग्न हुन सिंगो पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here