नेप्सेमा११ अर्ब ६९ करोड ५० लाख भन्दा बढीको काराेबार

69
काठमाडौं। आइतबार नेप्से परिसुचक १ दशमलव १८ प्रतिशत अर्थात ३२ दशमलव ८१ अंकले बढ्दा ११ अर्ब ६९ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।

साथै सबैभन्दा धेरै शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । कम्पनीको १६ सय ७८ रुपैयाँ मुल्य कायम भई ४१ करोड ८६ लाख भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड १४ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । इन्स्योरेन्सको १२ सय ९५ रुपैयाँ प्रतिशेयरमुल्य कायम भएको छ ।

यसैगरी, ज्योति विकास बैंकको ३२६ रुपैयाँ प्रतिशेयरमुल्य कायम भई २३ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । आज मेगा बैंक, गरिमा विकास बैंकलगायतको शेयर कारोबार उच्च भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here