काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा झिनो अंकको सुधार आएको छ ।
आज नेप्से परिसूचक ० दशमलव ०७ अंकले बढेर १९८० दशमलव ३४ को विन्दुमा पुगेको छ । सोमबार ३१७ कम्पनीका ४६ हजार ५ सय ११ पटकको कारोबारमा ७३ लाख ४१ हजार १ सय ७७ कित्ता सेयर किनबेच भएको छ ।
जसमा कारोबार रकम भने २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १४ अंकले बढेर ३५१ दशमलव ९५ को विन्दुमा पुगेको छ ।
सोमबार फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार म्युचुअल फन्डहरूको भएको छ ।


















