काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा १७औं नेपाल-चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला भइरहेको छ।
मेलाको वैशाख १७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए।
मेलामा तिब्बतको छ्याङदेखि विद्युतीय गाडीसम्म, नेपालको चिया, कफिदेखि तिब्बतको यार्सागुम्बासम्म, मुर्तीदेखि गलैंचा राखिएका छन्।
प्रदर्शनीमा कृषि औजार र लत्ताकपडाको स्टल समेत रहेको छ।
पाँच दिनसम्म चल्ने मेलामा ५० वटा चिनियाँ र १५ वटा नेपाली स्टलहरु रहेका छन्। प्रदर्शनीमा प्रवेश नि:शुल्क छ।

















