टी-२० सिरिजको चौंथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्ने

3

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी-२० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

सिरिजको तीन खेलको समाप्तीमा वेस्टइन्डिज ‘ए’ ले २-१ को अग्रता बनाएको छ। त्यसैले सिरिजमा कायम रहन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ। वेस्टइन्डिजले जितेमा सिरिज नेपालले अन्तिम खेल अगावै गुमाउने छ।

नेपालले आज तेस्रो खेलको टोलीमा ८ खेलाडी परिवर्तन गरेको छ। आज अघिल्लो दिनको टोलीमा नरहेका कुशल भुर्तेल, आसिफ शेख, कप्तान रोहित पौडेल, ललित राजवंशी, सोमपाल कामी, अभिनास बोहरा, प्रतिश जिसी र सन्दीफ जोरालाई मैदानमा उतारेको छ।

तेस्रो टी-२० खेलेका दिपेन्द्र सिंह ऐरी, गुल्सन झा र कुशल मल्लले मात्र आज निरन्तरता पाएका छन्।

यसअघि तेस्रो टी-२० मा प्लेइङ ११ मा रहेका लोकेश बम, विनोद भण्डारी, अनिल साहा, आरिफ शेख, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी आज बेन्चमा रहेका छन्। नेपालले विश्वकपमा घोषित टोलीका सदस्यलाईनै प्लेइङ ११ मा मौका दिएको हो।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल (कप्तान) , कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी, अभिनास बोहरा, प्रतिश जिसी र सन्दीप जोरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here