चीन-नेपाल सम्बन्धमा नयाँ ऐतिहासिक शुरुआत : चिनियाँ राजदुत हौ

498

काठमाडौं / नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुहुँदैछ। भ्रमण अघि नेपालका लागि चिनियाँ राजदुत हौ येन छीले चाइना मिडिया ग्रुपका सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ। त्यस क्रममा उहाँले हाल चीन-नेपाल सम्बन्ध इतिहासको सबैभन्दा राम्रो अवधिमा रहनुका साथै नयाँ ऐतिहासिक शुरुआतबाट नयाँ युगमा प्रवेश हुने ठहर गर्नुभएको छ।

राजदुत हौका अनुसार, चीन र नेपाल दुवै देश युगौंयुगदेखि हिमाल र नदी जोडिएको मैत्रीपूर्ण छिमेकी रहँदै आएका हुन् । सन् १९५५ मा दुवै देश बिचको दौत्य सम्बन्ध औपचारिक रुपमा कायम गरिए यता दुवै देशका नेताहरूले द्विपक्षीय सम्बन्धको विकासका लागि अथक प्रयास गर्दै आउनुभएको छ।

राष्ट्राध्यक्ष सीको यस भ्रमणमा नेपालका विभिन्न पक्षहरूले निकै महत्त्व दिएका छन् । साथै‍ नेपालका विविध क्षेत्रहरू त्यस भ्रमणको प्रतिक्षामा पनि छन् । राजदुत हौले “बेल्ट एण्ड रोड” प्रस्ताव नेपालको विकास चाहनासित एकदमै मेल खाएको भन्दै राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तुत गरिएको “बेल्ट एण्ड रोड” प्रस्तावको ठोस भावना अर्थात् चीनको विकासबाट वरिपरिको क्षेत्रको विकास गर्ने भावनासँग अनुकूल भएको जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here