यमनको हुथी समूहले ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा

26

काठमाडौं । यमनको हुथी समूहले भूमध्यसागर पार गर्ने सबै इजरायली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा गरेको छ।

हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्यसागरमा इजरायलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू आफूहरुको आक्रमणको निशाना हुने जनाए।

प्रवक्ताले इजरायलले दक्षिणी गाजामा रफाह विरुद्ध आक्रामक सैन्य कारबाही सुरु गरे हुथीहरूले इजरायली बन्दरगाहहरूसँग सम्झौता गर्ने सबै जहाजहरू र कम्पनीहरूलाई निशाना बनाउने बताए।

इजरायलले आफ्नो युद्ध बन्द नगरेसम्म र गाजा पट्टीमा नाकाबन्दी नहटाएसम्म हामी सैन्य वृद्धिलाई निरन्तरता दिन नहिच्किचाउने बताए। यमनको लामो गृहयुद्ध सन् २०१४ मा सुरु भयो।

जब हुथी समूहले राजधानी साना र रणनीतिक रेड सी बन्दरगाह शहर होडेडाहसहित देशको उत्तरी भागमा आफ्नो नियन्त्रण कब्जा गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here