काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री समेत रहेका यादवले पार्टी बिभाजन भएपछि प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।
अमेरिका भ्रमणमा रहेका यादव सोमबार राति मात्र काठमाडौँ आइपुगेका थिए । त्यसपछि आज बिहानै बालुवाटार पुगेर उनले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा पार्टी विभाजनका विषयमा छलफल भएको बुझिएको छ ।
आइतबार संघीय अध्यक्ष अशोक राईले ७ सांसद र ३० केन्द्रीय सदस्य लिएर नयाँ दल जनता समाजवादी पार्टी (जसपा) गठन गरेका छन् । राई नेतृत्वको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नयाँ दलको मान्यता दिइसकेको छ ।


















