काठमाडौं । दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ ।
विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो ।
एन्फा र एएफसीले रंगशालाको भौतिक संरचना र पिचमा प्रश्न उठाएका छन् । साथै राति हुने खेलमा फ्लडलाइटको विषयमा समेत प्रश्न उठाएका छन् ।


















