कामनपामा डकर्मी तालिमका लागि आवेदन आह्वान

45

काठमाडौं । काठमाडौं महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअर्न्तगत ‘सिप मेला २०८१’ मा डकर्मी सम्बन्धी आवेदन खुला गरेको हो ।

महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी र करदाता, फोहर व्यवस्थापन क्षेत्र ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा बसोबास गर्नेलाई प्राथमिकतामा राखेको महानगरले जनाएको छ ।

साथै महानगरले सबै नेपाली नागरिक सबैलाई अवसर दिइने बताउँदै बेरोजगार, युवायुवती, महिला, पुरुष, रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सिप सिकेर तथा काम गरेर फर्केकाहरू, अहिले काम खोज्दै गरेका व्यक्तिहरू सबैले तालिम लिन सक्ने बताएको छ । यो तालिम नि:शुल्क भएको र तालिम टुँडिखेलमा हुने महानगरले जनाएको छ ।

सामान्य लेखपढ गर्न सक्ने, १८ वर्ष पूरा भएको नेपाली नागरिकले आवेदन दिन सक्ने र आवेदन दिँदा नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो २ प्रति ल्याउन महानगरले जानकारी दिएको छ ।

महानगरले हाल जारी रहेको सीप मेलास्थल टुंडिखेलमा गएर आवेदन दिन सकिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here