जसपा नेपालको केन्द्रीय कमिटी बैठक बस्दै

34

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ।

बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुनेछ। साथै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ।

उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टी विभाजन भएको थियो।

केन्द्रीय कमिटी बैठकभन्दा अगाडि अध्यक्ष यादवले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन्। आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ।

जसपा नेपालबाट अलग भएर अशोक राईले जनता समाजवादी पार्टी (जसपा) गठन गरेका छन्। आयोगले राई नेतृत्वको जसपालाई सोमबार दल दर्ता गर्दै प्रमाणपत्र दिएको थियो। राई नेतृत्वको जसपामा ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य सामेल रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here