दैलेख । दुल्लू नगरपालिका ६ मा ट्याक्टर दुर्घटना परि घाईते भएकादुई जनाको निधन भएको छ । मृत्यु हुनेमा दुल्लू नगरपालिका–६ का ५६ बर्षिय कमारो रावल,सोही ठाउँका चालक कमल शाही हुन् ।
रावलको राती १० बजे र शाहीको १२ बजे उपचारको क्रममाप्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । मृतकदुई जनालाई दुल्लू अस्पतालमा सामान्यउपचारपछि थपउपचार गर्न एम्बुलेन्स मार्फत प्रदेश अस्पतालमा रिफर गरिएको थियो ।
गएको आईतबार दुल्लु नगरपालिका–६ धाडा जंगलमाभएको ट्रयाक्टर दुर्घटनामा ५५ बर्षिय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय दैलेखले जनाएको छ । मृतकतीनजना र घाईते चार जना एउटै वडाका बासिन्दा रहेकाे छ ।
ट्रयाक्टरले बोकेको विद्युतको पोल हल्लिएर भे.१ त. ८९६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा एक जनाको घटना स्थलमै ६ जना घाईते भएकाथिए । घाईते चालककमलशाही र कमारो रावललाई थपउपचारको लागि सुर्खेत पठाईएको थियो ।
दुर्घटनामा घाइते भएका ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छबिलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल, ट्रयाक्टरधनी ३१ वर्षीय ललितबहादुर खड्काको दुल्लू अस्पतालमा उपचार चलिरहेको जानकारी दिइएको छ ।
















