दुई थान भरूवा बन्दुक बरामद रूकुम

67

पूर्व । पुथाउत्तरगंगा गाउँपालिका-७ सुखलागैरा जंगलबाट १ थान र सोही गाउँपालिका- ८ पातिहाल्ना जंगलबाट १ थान गरी २ थान भरूवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी जाङबाट गस्तीमा खटिएको प्रहरी उक्त ठाउँमा पुग्दा कपडा र गहुँको छल्लीले छोपेर लुकाई छिपाई राखेको उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here