अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिएको भन्दै उपेन्द्रद्वारा सर्वोच्चमा रिट

50

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।

अध्यक्ष यादवले सोमबार निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाएर रिट दर्ता गर्नुभएको हो ।

यादवद्वारा दायर रिटमा आयोगको निर्णयलाई खारेज गर्न माग गरिएको छ ।

वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।

जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् ।  सर्वोच्चले रिटको पेसी जेठ २ गतेका लागि तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here