भाेलि बस्दै कांग्रेसको संसदीय दल बैठक

19

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साेमबार बस्ने भनिएको संसदीय दल र कार्यसमितिकाे बैठक बैठक स्थगित भएको छ।

भाेलि बिहान ८ बजे संसदीय दल कार्यसमिति र ९ बजे संसदीय दलको बैठक बस्ने भएको छ।

आज सरकारको कदम हेर्न सभापति शेरबहादुर देउवाले बैठक सारेको एक सांसदले बताए।

यसभन्दा अगाडि आज अपरान्ह १ बजे संसदीय दल कार्यसमितिको बैठक र त्यसलगत्तै दिउँसो २ बजे संसदीय दलको बैठक बस्ने भनिएकाे थियाे।

यसअघि आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ सकारात्मक भएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here