आज सुनकाे मूल्यमा गिरावट

16
www.swaviman.com

काठमाडाैं । आज बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार एक सय निर्धारण भएको छ।

यस्तै तेजाबी सुन आइतबार एक लाख ३७ हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लागेको छ।

आइतबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय १५ रुपैयाँ निर्धारण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here