काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको हो ।
उनले कांग्रेस सहकारी ठगीमा छानबिन समिति गठन हुनुपर्ने मागमा अडिग रहेको उनको भनाइ छ । ‘संसदको गतिरोध अन्त्य नहोस् भनेर सरकारले नै चाहेको हो कि भन्ने हाम्रो निष्कर्ष हो । हाम्रो जे निर्णय हो त्यो यथावत् हो’, उनले भने ।
नीति तथा कार्यक्रम वा अरू जे भए पनि पार्टीले संसद् अगाडि बढ्न नदिने उनको भनाइ छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।


















