कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु

73

 काठमाडौं – कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 पछिल्लाे  २४ घन्टामा नयाँ संक्रमित ७३ थपिएका छन् । आज ६४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।अहिलेसम्म २ लाख ७४ हजार २ सय १६ संक्रमित भएपनि २ लाख ७० हजार ४ सय ७१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ९ सय ६८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २१ लाख ६५ हजार ९ सय ८५ जनाको पिसीआर परिक्षण भएको छ । क्वारेन्टिनमा बस्नेको सख्या ६१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here