यसरी टिकटकले अनुहार चिन्ने प्रविधिको दुरुपयोग गर्‍यो

265

एजेन्सी ।   विश्व चर्चित भिडिओ सेयरिङ एप टिकटकले अनुहार चिन्ने प्रविधिको दुरुपयोग गरेको विषयमा ९ करोड २० लाख अमेरिकी डलर तिर्न राजी भएको छ।

बीबीसीका अनुसार अमेरिकामा टिकटकले सफ्टवेयरबाट प्रयोगकर्ताको अनुहार स्क्यान गरेर उनीहरुकाे उमेर, लिंग र जाति पत्ता लगाएको आरोप लागेको छ।

एल्गाेरिदमकाे लागि यसाे गरिएकाे बताइएकाे छ। एल्गोरिदमबाट मानिसको रुचीअनुसारको सामग्री मोबाइलमा देखाउन सकिन्छ।

साथै प्रयोगकर्ताको डेटाहरु चीन पठाइएको पनि आरोप लगाइएको छ। टिकटकले भने यी आरोपहरुको खण्डन गरेको छ।

आफूमाथि लगाएका आरोपहरु झुठो भएको बताउँदै टिकटकले आगामी दिनमा कमजोरीहरु सुधार गर्ने जनाएको छ।

टिकटकले हाल पुग्न गएको असुविधाप्रति जरिवाना तिर्न राजी भएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here