प्रेम र राजनिति : विश्वको सबैभन्दा शक्तिशाली विषय

78

प्रेम :  प्रेम अपनत्वको भाव हो ।“प्रेम” मजबृुद स्नेहको एक भावना र ब्यक्तिगत लगाव हो । दार्शनिक सम्बन्धमा,प्रेम एक जिवात्मा प्रतिको दया, करुणा र स्नेह को सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो । प्रेमलाई पनि अन्य (वा आफू) प्रतिको करुणामा आधारित क्रिया वा अन्य प्रतिको स्नेह आधारित क्रियाको रुपमा वर्णन गरिन्छ । प्रेम शब्द आफैमा अर्थपुर्ण, अनमोल अनि निकै गहन छ, फेरी पनि कसले कसरी बुझ्ने, माया भनेको कस्तो हुन्छ गहनतम् अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने वित्तिकै माया, मोेह अनि जिन्दगी सम्झनेहरुको ठूलो जमात छ यो विश्वमा ।

प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो ।अन्य प्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागर जस्तो हून्छ । अझ भनौ,ं यसको गहिराई नाप्न सकिन्न, अझ होइन प्रेम आकाश जस्तो हुन्छ ,जसको विशाल फैलावट नाप्न सकिदैन । प्रेम आत्माको स्वभाव हो । प्रेम हरकोहीकोे नैसर्गिक अधिकार हो र सबैले बुझ्ने पर्ने कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ । त्यसैले प्रेममा झर्काे हुदैन । छुट्टी हुदैन । प्रेमलाई छोइ्नै सकीदैन । प्रेम प्राकृतिक हुन्छ , प्राकृतिक रुपमा चलिरहन्छ । सुर्यले कहिल्यै पनि विश्रान्ती नलिए जस्तै, हावाले जहिल्यै बहे जस्तै ,पृथ्वीले आफ्नो आक्षाÞशमा परिक्रमा गरिरहे जस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम । यो त निरन्तरको प्रक्रिया हो, वगिरहन्छ ।

राजनिति :  विशेष उदेश्य प्राप्तीको लागि दिगो परिवर्तन लागि रहने आगार्मि परिवर्तन हुन्छ भने त्यसलाई राजनिति भनिन्छ । सम्प्रदाय, शहर वा देश जस्ता समुहहरुले राजनिति मार्फत सहमति कायम गर्दछन् । ठूला समुहहरु, जस्तै देशहरु, मा त्यस्ता समझदारीका लागि केहि मानिसहरुले निक्कै समय खर्च गर्दछन् ।त्यस्ता मानिसहरुलाई राजनेता (वा नेता) भनिन्छ । त्यस्ता नेताहरु र कहीले काहीँ केहि अन्य मानिसहरु मिलेर सरकार बन्दछ । विश्व विद्यालयमा पढाई हुने राजनिति विषयलाई राजनिति शास्त्र, राजनितिक अध्ययन वा सामान्य प्रशासन भनिन्छ । राजनिति व्यवस्था त्यस्तो व्यवस्था हो जसले शिक्षाको अवस्था समेत निर्धारित गर्दछ । विश्वमा तिन प्रकारको राजनिति अर्थतन्त्र रहेको छ । पूँजीवादी ,समाजवाद र मिश्रीत अर्थतन्त्र रहेको राजनिति गरेका छन् राजनेताहरुले ।

राजनीति भनेको राज्यको निती, व्यवस्थालाई ठिक गरि जनताको लागि अन्य देश प्रतिको कुटनैतिक आदी अवस्थालाई ठिक राख्ने व्यवहारगत व्यवस्था नै राजनिति हो । देशका कुनै पनि पार्टीले जनताको लागि राजनिति गरेपछि अवश्य नै त्यो सफल र सक्षम मानिन्छ । जनतालाई राजनितिक दलले जब वेवास्था गर्ने गर्दछन् ,त्यसपछि राजनिति सदाको लागि समाप्त हुन्छ ।जनताको संघर्षको प्रतिफल दिन नसकेका राजनितिक दलको औचित्य हुदैन । राजनिति राज्य सत्ता सँग सम्बन्धित विषय हो । राजनिति गर्ने भनेको आफ्नो वर्गसँग सम्बन्धित रहेर गर्ने काम हो । समाजमा सम्पन्न वर्ग, तिनीहरुको दर्शन, तिनीहरुको सिद्धान्त , तिनीहरुको राजनितिक कार्यक्रम , तिनीहरुको संगठन एउटा र श्रमजिबी बर्ग , तिनिहरुको सिद्धान्त, तिनिहरुको राजनितिक कार्यक्रम, तिनीहरुको संगठन अर्काे गरी परस्पर विरोधी विषय बस्तु अस्तित्वमा छन् ।

प्रेम र राजनितिमा मेरो अनुभव र योगदान :  प्रेम र राजनिति भिन्न विषय हो तर यसै विषयमा आधारित भएर विश्व चलिरहेको छ । एकातिर विश्वमा अरबैाँ मानिसहरु प्रेममा विचरण गरिरहेका छन् भने त्यति नै ब्यक्तिहरु राजनितिमा सहभागी भइरहेका छन् ।प्रेम र राजनिति नै विश्वको मेरुदण्ड हो । प्रेमले हाम्रो जीवन चलिरहेको हून्छ भने राजनितिले देश चलिरहेको हुन्छ । आफ्नो क्।ी।ऋ को अध्ययन पछि आफ्नो किशोर अवस्था देखि नै मैले आफूलाई प्रेम र राजनितिमा समाहित गर्न पुगे ।प्रेम र राजनितिमा मेरो करिब तीन दशकको अनुभव र योगदान छ । यसैको आधारमा मा ठोकुवाको साथ भन्न सक्दछु :  प्रेम र राजनिति भन्दा शक्तिशाली र महत्वपुर्ण विषय यो संसारमा केहि छैन ।

विश्वमा पहिलो चोटी खोलिएको प्रेम संगठन र अखिल (क्रान्तिकारी) को इलाका अध्यक्ष बाट सुरु भएको मेरो प्रेम र राजनितिको जीवन आज आएर धेरै उकाली , ओराली र आरोह अवरोह पार गर्दे एक विश्व चर्चित राजनितिज्ञ र प्रेमीको रुपमा स्थापित भईसकेको छ । प्रेममा World Lover King र राजनितिमा शताब्दी वर्ष ब्यक्ति भएर मैले धेरै कलमको मसि खर्च गरिसकेको छु र त्यति नै रुपमा आफ्नो आवाज प्रस्तुत गरिसकेको छु । मैले प्रेम राजनितिको महत्वलाई नजिकबाट चुमेको छु । प्रेम र राजनिति हाम्रो जीवन ,समाज र देश अनि विश्वलाई अत्यन्तै अत्यावश्यक कुरा हो । प्रेम बिना हाम्रो जीवन सम्भव छैन भने राजनिति समाज ,देश र विश्वको पिल्लर हो ।

हामीले प्रेम गर्नु पर्दछ त्यो पनि स्वच्छ रुपमा, वासना रहित । प्रेम युवा, युवति विच मात्र होइन । आमा बाबु , दाजु भाइ, दिदी बैनी ,साथीभाई , परिवार, आफन्त छिमेकी बिचको प्रेम पनि अमुल्य छ । हामीले एक अर्कालाई बिना स्वार्थ अपार माया गर्नु पर्दछ । तब मात्र हाम्रो जीवन स्वर्ग हुन्छ । भनिन्छ “ भगवान् त पे्रमको भोको हुनुहुन्छ ।” भने हामी त मानव हाैँ । वास्तवमा मानवको लागी प्रेमको ठूलो महत्व रहेको हुन्छ । त्यसैे कुरालाई मनन गर्दे मैले “ प्रेम र विवाह” लगायतका केहि पुस्तकहरु र प्रेम र विवाह: मनोबैज्ञानिक विष्लेषण अनि प्रेम : भगवानको अनुपम उपहार हो लगायतका सयौ लेखहरु सार्वजानिक गरिसकेको छु । जसबाट प्रेम सम्बन्धमा सकारात्मक सन्देशहरु विश्व भरी प्रवाह गर्न म सफल भएको छु ।

हामी मानव राजनितिबाट पनि अछुतो हुनु हुदैन । हामीले विश्वलाई शान्तिमय बनाउन अहिंसावादी राजनितिमा जोड दिनु पर्दछ । समाजवाद र पुँजीवादको आपसी द्धन्दका कारण विश्वले धेरै क्षति वेहोरेको छ । अमेरिका र सोभियत संघ पक्षको राजनिति टकरावले विगतमा विश्व क्षत विक्षत भएको थियो । त्यसैले अब हामीले पूँजीवाद र समाजवादको मिलन विन्दु खोज्नु पर्दछ । हुन त म माक्र्सवादी दर्शन प्रति झुकाव राख्ने व्यक्ति हुँ तर पनि विश्व शान्तिलाई ख्याल राख्दै हामीले प्रजातन्त्रवादीसँग पनि हातेमालो गरेर अघि बढ्नु पर्ने आजको हाम्रो बाध्यता हो। हामी विश्वको समृद्धि र विकास चाहन्छौँ ।हामी विश्ववासी प्रजातन्त्रवादी अमेरिका र समाजवादी चिन बिच कुनै द्धन्द चाहदैनौं । रुस र युक्रेन बिचको युद्ध कुनै हालतमा पनि उचित छैन भन्ने हाम्रो धारणा हो । शताब्दी वर्ष व्यक्ति भएर विश्व शान्ति ,समृद्धि र विकाशको निम्ति मैले जोशिलो आवाज बुलन्द गरेको छु । विशव राजनिति सम्बन्धि “महामानवहरुको जीवनी ” र “ माक्र्सवादी दर्शन र विश्व राजनिति” लगायत कयन् कृतिहरु मैले विश्वजनलाई सुम्पेको छु भने सफल नेता बन्ने तरीका र विश्व राजनितिमा संविधान सभा लगायत सयौ राजनितिक लेखहरु मेरो प्रकाशित छन् ।

उपसंहार : हामीले हाम्रो जीवनलाई प्रेम र राजनितिले भरीपुर्ण बनाउनु पर्दछ । प्रेम र राजनितिः विश्वको सबैभन्दा शक्तिशाली विषय हो । हामी युवाहरु प्रेमको महत्वलाई बुझेर अघि बढ्यौ भने हाम्रो जिवन सुन्दर बन्दछ भने हामी युवाहरु राजनितिमा सक्रियताका साथ सकारात्मक चिन्तन बोकेर लाग्यौं भने विश्व शान्त, सुन्दर, विकशित र समृद्ध बन्दछ । तसर्थ “प्रेम र राजनिति ” को महत्वलाई बुझौं र आफ्नो जीवनमा अंगिकार गरौँं ….धन्यवाद !
मिलन आफन्त (शताब्दी वर्ष व्यक्ति)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here