स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिने

30

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औषधी र खोपलगायतका स्वास्थ्य सामग्रीहरूको आपूर्ति सहज बनाई स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिने जनाउनुभएको छ ।

मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो जनाउनुभएको हो । उहाँले निर्माणाधीन स्थानीय अस्पतालहरू प्राथमिकताकरण गरी निमार्ण कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । सबै स्थानीय तहमा स्वास्थ्य बिमा बिस्तार गरिएको उहाँले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here