अशोक राईकाे जसपाबाट कोशी प्रदेश सभाकाे सदस्यमा निर्मला लिम्बू

29

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालकी कोशी प्रदेश सभा सदस्य निर्मला लिम्बू अशोक राईले नेतृत्व गरेको जसपामा खुलेकी छन्।

उनले मंगलबार कोशी प्रदेश निर्वाचन कार्यालयमा गएर आफू नवगठित जसपाको सदस्य रहेको निवेदन दिएकी हुन्।

कोशी प्रदेशमा जसपा नेपालको एकमात्रै सदस्य रहेकी लिम्बूले सोमबार मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिएकी थिइन्।

जसपा नेपाल विभाजित भएपछि निर्वाचन आयोगले यस पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आफू रहन चाहेको पार्टी कुन हो २१ दिनभित्र सनाखत गर्न आग्रह गरेको थियो।

यसअघि लुम्बिनी प्रदेशका दुई जना सांसद राई नेतृत्वको जसपामा खुलेका थिए। १९ सांसद रहेको मधेस प्रदेशबाट भने अहिलेसम्म कुनै पनि सांसद राई नेतृत्वको जसपामा गएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here