काठमाडौं । आज मंगलबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा मूल्य घटेको जानकारी दिएको हो ।
यस्तै आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ छ । हिजो सोमबार चाँदीको मूल्य १७ सय १५ रुपैयाँ थियो । यो तोलामा २५ रुपैयाँको वृद्धि हो ।


















