निःशुल्क महिला स्वास्थ्य शिविरमा पाँच सय २० जनाले सेवा लिए

36

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क महिला स्वास्थ्य शिविरमा पाँच सय २० जनाले सेवा लिएका छन् ।

मङ्गलबार भएको शिविरमा दुई सय १० आङ खस्ने रोगको समस्या भएको, १४ जनाको रिङपेशरी राखेर उपचार गरिएको, पाठेघरको शल्यक्रिया गर्नुपर्ने २० जना, तीन सय १० जनाको पाठेघरको मुखको जाँच गरिएकोमा १६ जनाको मुखको क्यान्सरको शङ्कास्पद भेटिएको र उक सय ५० जनामा पाठेघरमा सङ्क्रमण भएको पाइएको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिए ।

शिविरमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याको उपचार, रिङ्पेशरिको परामर्श र शल्यक्रिया सुविधा, स्त्रीरोगसम्बन्धी परीक्षण, पाठेघरको मुखको मयलको परीक्षण र परामर्श, निःशुल्क पाठेघरको शल्यक्रिया सेवा प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here