संसद अवरोधको विषयमा छलफल

19

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्दै आइरहेको संसद अवरोधको विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संसद अवरोधको विषयमा छलफल भएको  सभामुखको सचिवालयले जनाएको छ।

सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको जनाए ।

संसद सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिए। उनले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न अपिल गरेका छन्।

बैठकमा प्रधानमन्त्री दाहालले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताएका थिए। उनीहरुबीच करिब ४५ मिनेट छलफल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here