आमा र छोरीको साथमा खुशी साट्दै अञ्जु पन्त

300

सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका अन्जु पन्त समस्त नेपालीको मनमुटुमा बस्न सफल गायिका हुन् । पन्तले दर्शकको मुखमा झुन्डिरहने हजारौं गीतहरुमा स्वर दिएकी छिन् । यसको अलवा उनी समाज सेवामा पनि अग्रसर छिन् त्यसैले बेलाबेला मिडिया देखि सामाजिक सञ्जालहरुमा धेरै विवादमा मुछिने पनि गर्छिन ।

हालै मात्र पनि हावाहुरी प्रभावित क्षेत्र बारामा बाइबल बाड्न पुगिन् गायिका अन्जु पन्त भनेर आरोप पनि उनलाई लागेको थियो तर त्यो कुरा सत्य थिएन ।

अन्जु पन्तको विवाह गायक तथा संगीतकार मनोज शिवाकोटी सँग भएको थियो । उनिहरुको एक छोरी पनि छिन् । तर उनको श्रीमानसंगको बैबाहिक सम्बन्ध लामो समयसम्म टिक्न सकेन अन्ततः उनिहरुको डिभोर्स भयो ।

श्रीमान संगको साथ छुटेपछि उनको छोरी परीतोशिका भने अहिले उनको साथमानै छिन् । आमाको मुख हेर्ने दिन अर्थात (माता तिर्थ औँशी) गायिका पन्तले पनि विशेष रुपमा आमा मनु योञ्जन र साथमा छोरी परीतोशिका संग खुशी साट्दै मनाएकी छिन् । उनले आफ्नो फेसबुक मार्फत “विश्वभरिका आमाहरुलाई नमन” लेख्दै आफ्नी आमा र छोरी संगको केही तस्बिरहरू सार्वजनिक गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here