काठमाडौं / एनआईसी एशिया बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकाभित्र नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबुस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको हो । शाखाको सोही वडाका वडा अध्यक्ष ख्याम राज तिवारीले आइतबार एक समारोहका बीच समुद्घाटन गरेका थिए ।

















