राष्ट्रियसभाको बैठक स्थगित

43

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । 

बिहीबार बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रमका विषयमा राष्ट्रपतिलाई धन्यवाद दिने महत्वपूर्ण कार्यसूची रहेकाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए  । 

तर कांग्रेस सांसदहरुले सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए । 

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष दाहालले भोलिसम्मका लागि बैठक स्थगित गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here