केपी ओलीलाई गिरीबन्धुको चिया भन्दै खुवाए

55

झापा ।  झापाको बिर्तामोडमा नेपाल विद्यार्थी संघ झापा र नेपाल तरुण दलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धुको चिया भन्दै उनको तस्बिरमा चिया खुवाएका छन्।

आइतबार झापाको बिर्तामोडमा बिरोध कार्यक्रम गर्दै नेपाली कांग्रेसका दुईवटा भातृ संगठनहरूले ओलीको तस्बिरमा गिरीबन्धुको चिया भन्दै चिया खुवाएका हुन्।

गिरीबन्धु टि-स्टेट प्रालिको जग्गा प्रकरणको सुरुवाती अवस्थामा नेकपा एमालेकै सरकार रहेको बताउँदै नेपाली कांग्रेसका संसदहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्व्यवहार गरेको बिरोध प्रदर्शनमा उत्रेका दुई संगठनका कार्यकर्ताले दाबी गरे।

२०७६ सालमा ओली सरकारले गिरीबन्धु टि-स्टेटको जमिन बिक्री गर्न अनुमति दिएको उनीहरूले दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here