प्रचण्डको सरकारले पूरै कार्यकाल काम गर्ने दाबी

51

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गरेका छन्।

सोमबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतमाथिको छलफलका भाग लिँदैं उनले सो कुरा बताएका हुन्। उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई अझ दह्रो कदमका साथ अघि बढ्न पनि आग्रह गरे।

उनले सिंगो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्री दाहालले पछि हट्नुपर्ने कुनै कारण नभएको बताए। त्यस अवसरमा उपध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई सरकारमा सहभागी सबै दलले विश्वासको मत दिने विश्वास पनि व्यक्त गरे।

उनले भने, ‘म सम्माननीय प्रधानमन्त्रीज्यु पुष्पकमल दाहाललाई अग्रिम रुपमा बधाई भन्न चाहन्छु–तपाईले हिजो भन्दा अझ फराकिलो आधारमा विश्वासको मत प्राप्त गर्दै हुनुहुन्छ। सम्माननीय प्रधानमन्त्रीज्यु तपाई दह्रो कदमका साथ अघि बढ्नुहोला। सिंगो सदनको तपाईलाई साथ हुनेछ। सिंगो राष्ट्रको साथ हुनेछ। आम नेपालीले साथ दिनेछन। र, यो प्रतिनिधिसभाले निर्वाचित गरेको यो सरकारले पूरा कार्यकाल पूरा गर्नेछ।’

 

उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकार र सत्तारुढ दलहरु प्रतिवद्ध भएर लागि परेको दाबी पनि गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here