सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको देउवाको आरोप

80

लमजुङ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार प्रेस स्वतन्त्रमैत्री हुन नसकेको जनाएका छन् ।

सोमबार लमजुङ सदरमुकाम बेंसीसहरमा नेपाल प्रेस युनियन जिल्ला शाखाको छैटाैँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले सो कुरा जनाएका हुन् ।

अहिलेको दुई तिहाइको कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको आरोप लगाए । प्रजातन्त्रलाई नै कमजोर गर्ने खेल गरिरहेको भन्दै  उनले भने, `प्रजातन्त्रलाई सुद्ढिर्तीकरणमा ठुलो भुमिका निर्वाह पत्रकारहरुले गरिरहेको छ ।´

प्रेस स्वतन्त्रताको रक्षा गर्ने नेपाली काग्रेंस पार्टी मात्र भएको उनको भनाई छ । ‘मुलुकमा खुल्ला रुपमा जनता हिँड्न पाउनुपर्ने, बोल्न लेख्न पाउनु पर्ने, विना डर क्रास अवस्था हुनुपर्ने भएपनि उनीहरुको विचार विस्तार कमजोर गर्न खोजिरहेको छ’, उनले भने ।

सरकारलाई चेतावनीले दिँदै यस्तै अवस्था रहिरहेमा दबाव स्वरुप नेपाली कांग्रेस आन्दोलन गर्न बाध्य हुने समेत जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here