विराटनगर/प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुुसियतले जलवायुु परिवर्तनको जोखिम न्यूनीकरणमा ठूला विकास निर्माणका कार्य गर्दा ध्यान पु¥याउनुपर्ने बताउनुभएको छ ।
वन तथा वातावरण मन्त्रालय र प्रदेश न १ को वन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेश स्तरीय कार्यक्रममा जलवायुु परिवर्तनको नयाँ नीतिबारे सल्लाह सुुझाव सङ्कलन कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारले जलवायुु परिवर्तनले मुलुकमा पारिरहेको असर न्यूनीकरण गर्न नयाँ नीति तर्जुमा गर्ने उद्देश्यले सुुझाव सङ्कलन गरिएको छ । मन्त्री कुिुसयतले जलवायु परिवर्तनले नदीनाला सुकेर मौसममा आएको परिवर्तनले खाद्यान्न लगायतका अन्य उत्पादनमा असर पारेकाले यसलाई ध्यान दिएर नयाँ नीतिनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्राकृतिक स्रोत पूर्वाधार समितिका सदस्य एवम् सङ्घीय सांसद घनश्याम खतिवडाले तीन तहको सरकारले जलवायुु परिवर्तनको असर रोक्नेगरी साझा मुुद्दा बनाउनुपर्ने बताउनुभयो । प्रदेश मन्त्रालयका सचिव बद्रीराज ढुुङ्गाना र वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायुु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुुख डा महेश्वर ढकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुुसार सरकारले जलवायुु परिवर्तनको जोखिम कम गर्ने गरी नयाँ नीति ल्याउन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश न १ का स्थानीय निकायका जनप्रतिनिधि, प्रदेश र सङ्घीय मन्त्रालयका प्रतिनिधि, डिभिजन तथा प्रदेश वन कार्यालयका प्रमुुख तथा वनस्पति विज्ञहरुले सुुझाव दिनुुभएको थियो । सात वटै प्रदेशबाट सुुझाव सङ्कलन गरी जलवायुु परिवर्तनसम्बन्धी नयाँ नीति ल्याउने सो अवसरमा बताइएको थियो ।
रासस


















