सेयर बजारमा दोहोरो अंकको वृद्धि

29

काठमाडौं  । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार बजार २३.९४ अंकले बढेर २११५ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा  ११ वटा उपसूचक हरियाली भएको छ ।

आज सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २४ करोड ६७ लाख ७१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको १२ करोड ९९ लाख २३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन कालिका पावर कम्पनीको १२ करोड ३८ लाख ४९ हजार रुपैयाँ, माउन्टेन इनर्जी नेपालको १० करोड ४१ लाख ८८ हजार रुपैयाँ र सिंगटी हाइड्रो इनर्जीको १० करोड १० लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here