जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखी अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले ३ दिनको म्याद थप गरेको छ। अदालतले बुधबार यसबारे आदेश गरेको हो।
मंगलबार काठमाडौंस्थित कान्तिपुर कार्यालयबाट पक्राउ परेका सिरोहियालाई प्रहरीले राति नै धनुषा लगेको हो।
अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईका अनुसार न्यायाधीश चुरामन खड्काको इजलासबाट म्याद थप अनुमतिको आदेश आएको हो। प्रहरीले उनीमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप मागेको थियो।


















