राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गर्ने

42

काठमाडौं । आफूहरुको माग सुनुवाई नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गर्ने भएको छ ।

३ दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेको तर, सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको उनीहरुको दाबी छ ।

चुरे पहाड दोहन, उत्खनन् र वन जंगल फडानीले समस्यामा परेको भन्दै मधेशका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौं आइपुगेको थियो । टोलीले ष्ट्रपति चुरे संरक्षण समितिको कार्यालय घेराउ गर्ने र हालसम्मको प्रगति विवरणसमेत माग गर्ने अभियानका संयोजक सुनिलकुमार यादवले जानकारी गराए ।

‘हाम्रो माग यथावत नै छ । आजै हामी समितिको कार्यालयमा घेराउ गर्छौं, धर्ना बस्छौं । त्यसपछि हालसम्मको प्रगति विवरण पनि माग गर्छौं’, यादवले भने, ‘समितिअन्तर्गत रहेका ५ वटा इकाईको छानबिन समिति गठन गर्न पनि माग गर्छौं ।’

समितिको कार्यालयमा ज्ञापनपत्र बुझाइसकेपछि आजै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अभियानका संयोजक यादवले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here