आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने

27

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ।  अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण गर्दै गैरआवासीय नेपालीलाई आफ्नो पुर्ख्याैली थलो भ्रमण गर्न आग्रह गरेका छन्।

विश्वका विभिन्न देशमा झरिएर रहेका नेपालीलाई आफ्नो भूमिप्रति आकर्षण बढाउन उनले यस्तो आह्वान गरेका हुन्।

मंगलबार संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१ / ८२ को बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१ / ८२  मा १६ लाख पर्यटक भित्राउनको लागि पर्यटन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिने पनि बताए। 

उनले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको  विकास र प्रर्वद्धनको लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार पारिने बताए। पर्यटकलाई १ द्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने उनले जनाए।

निजी क्षेत्रसँगको सहकार्यमा नेपाल भारत सिमानाकाबाट पशुपतिनाथ, स्वर्गद्वारी  मुक्तिनाथ दर्शनको लागी यातायात सेवा सञ्चालन गरि तीर्थयात्रीलाई सहज रुपमा प्रमुख धार्मिक स्थल दर्शन गर्न व्यवस्था मिलाइने उनले जनाए।

मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षेत्रका  प्रमुख पर्यटकीय क्षेत्रमा होटल स्थापना गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराइने उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here