काठमाडौं । माध्यामिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ ।
पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यामिक तह (कक्षा १० र १२) सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षता पत्र अनलाइनमार्फत उपलब्ध गराउने भएको हो ।
शाखा निर्देशक विष्णु ज्ञवालीले विद्यार्थीलाई सहज सेवा दिनको लागि अनलाइन सुविधा दिन थालिएको बताए ।
मान्यता तथा समकक्षताको प्रमाणपत्र विद्यार्थीले आवेदन दिएको ३ देखि ७ दिनभित्र प्राप्त गर्नेछन् । ‘विद्यार्थीको चाप अनुसार ढिलो चाँडो हुन्छ । आवेदन दिनेको संख्या थोरै भए ३ दिन वा त्योभन्दा पनि चाँडो हुन्छ भने बढी भए हप्ता दिनसम्म लाग्न सक्छ,’ शाखा प्रमुख ज्ञवालीले भने ।


















