काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटको बचाउ गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकमा उनले बजेट जनमुखी भएको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने जनाएको एक सांसदले जनाए ।
बैठकमा अर्थमन्त्री बर्षमान पुनले पनि बजेटका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए । प्रचण्ड र पुन दुवैले बजेट समाजवाद उन्मुख भएको जनाएका थिए ।


















