उपत्यकाका सबै स्थानीय सरकारमा भाषा ऐन निर्माण अभियान संचालन गर्ने

36

काठमाण्डौ ।  उपत्यकाका सबै स्थानीय सरकार अर्थात पालिकामा भाषा सम्वन्धि ऐन निर्माण गर्नका लागि संयुक्त अभियान संचालन गर्ने भएको छ ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको अनुरोधमा नेवाः देय् दबू ललितपुर जिल्ला समितिको संयोजनमा उपत्यकाका सबै जिल्ला र पालिकाका नेतृत्वहरुवीचको छलफलबाट अव उपत्यकाभरी नै स्थानीय भाषा ऐन संचालन गर्ने भनी निर्णय गरेको हो ।ग

जेठ १८ गते शुक्रवार भएको विशेष बैठकले स्थानीय भाषा ऐन निर्माण गर्नका लागि निर्णय गरेको नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनृु भयो ।
उक्त बैठकपछि संयुक्त रुपमा प्रतिबद्धता पत्र पनि जारी गरेको छ । प्रतिबद्धता पत्रमा यस्तो उल्लेख छ ‘आज नेपाल संवत ११४४ बछलागा अष्टमी शुक्रवार २०८१ जेठ १८ गते नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिको अनुरामा ललितपुर जिल्ल्ला समितिको संयोजनमा नेवाः वस्ती थसिमा स्थानीय भाषा ऐन निर्माण बारे भएको छलफलमा उपत्यकाका तीनै जिल्लाका नेतृत्व, पालिका समितिका नेतृत्व पनि सहभागी भएको बैठकले आजदेखि उपत्यका भित्रका सबै स्थानीय सरकारमा स्थानीय भाषा ऐन निर्माण अभियान संचालन गर्नका लागि प्रतिबद्धता ब्यक्त गर्दछौं ।

नेपालको संविधान, स्थानीय सरकार संचलान ऐन, भाषा आयोगको सिफारिस र बागमती देश राष्ट्रभाषा ऐनको आधारमा स्थानीय भाषा ऐन निर्माण अभिायन संचालन गर्ने प्रतिबछा ब्यक्त गर्दछौं ।’ उक्त संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेहरु नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जन, मुख्य सचिव गणेशमान श्रेष्ठ, सचिवालय सदस्य नरेश श्रेष्ठ, काठमाण्डौ जिल्ला समितिका अध्यक्ष धनबहादुर महर्जन तिमिला, ललितपुर जिल्ला समितिका अध्यक्ष रविन्द्र शाक्य, भक्तपुर जिल्ला समितिका सल्लाहकार कृष्ण प्रजापति साथै जिल्लाका पदाधिकारी एवं पालिकाका नेतृत्वहरु सहभागी भएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here