हावाहुरीबाट सितगङ्गामा भौतिक क्षति

31

कपिलवस्तु । जेठ १९ गते बेलुका आएको ठूलो हावा हुरिले क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो सितगङ्गा नगरपालिकाको वडा नम्बर १ मा धेरै घरहरु उडाएर क्षति पुराएको छ। सबै क्षतिको स्थलगत अनुगमन गर्न इलाका प्रहरी कार्यालय ठाडामा खबर गरि आफू क्षतिग्रस्त स्थानमा लागिरहेको वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर सिंजापतीले जनाउनु भएको छ।

सुवर्णखालको साहुटोलास्थित धातानन्द बेल्बासे,झबिन्द्र बेल्बासेको घर टिनको छाना सहित डाँडाभाटा समेत पुर्ण रुपले उडाइ कहाँ कहाँ पुराएको छ भन्ने समेत यकिन नभएको कुरा स्थानीय झबिलाल बेल्बासे (रामु) ले जानकारी गराउनुभएको छ।साथै घनश्याम बेल्बासे,तारा थापा,रेसम खनाल समेतको घरमा घरका पाखै उडाइ क्षति पुराएको छ भने कसैका गोठ,कसैका बाख्राका खोरहरु समेत उडाइ ठुलो नोक्सानी पुराएको शिक्षक जिवनारायण बेल्बासेले बताउनुभएको छ।

त्यसैगरी सोही वडाकै मन्द्रे,हल्दे लगायतका स्थानमा समेत विभिन्न घर उडाइ क्षती पुराएको मा आफू अबलोकन का लागि फिल्ड मै लागीरहेको ले पुर्ण क्षतिको विवरण संकलन गरिरहेको वडा अध्यक्ष मान बहादुर सिन्जापतिले जानकारी गराउनुभएको छ।सितगङ्गा कै अन्य स्थान तथा वडा नम्बर १४ मा समेत स्कुल को छाना नाङ्गै गराएका तस्बिर सामाजिक संजाल मा आइसकेका छ्न।सबै क्षती को पुर्ण विवरण भने नआइसकेको स्थानीयबासी तथा जनप्रतिनिधि हरुले जानकारी गराउनुभएको छ।
सागर बेल्बासे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here