काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठले गृहमन्त्री लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। सर्वोच्चमा कृष्ण विकसहितले गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए।
गत जेठ १५ गते गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन मातहतका निकायलाई सामाजिक सञ्जालमार्फत् निर्देशन दिएका थिए।


















