गिरीबन्धु टी स्टेट प्रकरणमा केपी ओलीप्रति मेयर बालेनकाे व्यङ्ग्य

35

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले गिरीबन्धु टी स्टेट प्रकरणमा केपी शर्मा ओलीप्रति पुन: व्यङ्ग्य गरेका छन्।

उनले सामाजिक सामाजिक सञ्जालमार्फत् एउटा काण्ड लुकाउन अर्काे काण्ड गरेर जनता नझुक्याउन आग्रह गरे।

‘ १० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ प्रमुख बालेनले लेखेका छन्।

उनले गिरीबन्धुकाे काण्ड लुकाउन र जनतालाई भुलाउन ओलीले राज्यकाे सम्पूर्ण शक्ति लगाएर न्युराेडमा बनाउन लागेकाे फुटपाथ फेरि सडक बनाउन थालेकाे बताए

‘१० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ। अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं,’ प्रमुख बालेनले भनेका छन्।

बालेनले समयमै गिरीबन्धुमा पीडितकाे बैना फिर्ता गर्न पनि अनुराेध गरेका छन्। साथै उनले साँच्चैकाे नयाँ काेही आइ फाइल पल्टाएर तपाईंलाई जेल हाल्ला भनेर व्यङ्ग्य पनि गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here