सुनसरी । दुहवी नगरपालिका-३ डांगाचोक बस्ने अभिनन्दन यादवको चिया पसलमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा आगो फैलिएर सोही नगरपालिका-९ बस्ने जाहेर हुसेनकको साहरा फर्निचर ग्रिल उद्योग तथा चन्द्रनाथ भट्टराइको कामना फर्निचरमा समेत आगलागी हुँदा फर्निचर, ग्रिल उद्योग तथा चिया पसल पूर्णरूपमा जलेर अन्दाजी १ करोड २८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानिय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















